गृहपृष्ठ माटोको ढिस्कोले पुरिएर मृत्यु
माटोको ढिस्कोले पुरिएर मृत्यु
भक्तपुर, चाँगुनारायण नगरपालिका ५ छाँयाबस्तीस्थित बाटो निर्माण गर्ने क्रममा अचानक पहिरो खस्न गई त्यही बाटोमा काम गर्ने एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका ४ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका ५ छाँयाबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रमम मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरीले पहिरोमा परेका ३ जनालाई उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौं पठाएको थियो । पहिरोमा परी घाइते भएका रामेछाप सुनापाती घर भई भक्तपुर चाँगुनारायण नगरपालिका ५ छाँयाबस्ती बस्ने ५० वर्षीय
भुपालसिंह घिसिङलाई अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौं हुँदै थप उपचारका लागि टिचिङ अस्पतालतर्फ पठाइएको छ भने सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका ४ घर भई सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम लामा अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौंमा उपचारपश्चात् डिस्चार्ज भएका छन् ।
प्रकाशित समय १३:१२ बजे

















