गृहपृष्ठ आजको मौसम : बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली
आजको मौसम : बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली
आज प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिम तराईमा बिहानको समयमा एकदुई स्थानमा हल्का हुस्सु र कुहिरो लागेको भएता पनि अपराह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै मध्य तराईमा पनि बिहानको केही स्थानमा हुस्सु लागेको देखिएको छ ।
कुहिरो लागेको भएता पनि अपरान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । पूर्वी तराईमा पनि बिहान लागिरहेको हुस्सु अपराह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज सबैभन्दा बढी चिसो धनगढीमा छ । धनगढीमा ९ डिग्री सेल्सियस, नेपालगञ्जमा १०, भैरहवामा ११, सिमरा, विराटनगर र जनकपुरमा १३ डिग्री सेल्सियस तापक्रम रहेको छ । कुहिरोरहुसु लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन महाशाखाले अनुरोध गरको छ ।
प्रकाशित समय ११:१५ बजे

















