गृहपृष्ठ झापाको बुद्धशान्तिमा सनराइज बैँकको शाखारहित बैँकिङ इकाइ
झापाको बुद्धशान्तिमा सनराइज बैँकको शाखारहित बैँकिङ इकाइ
सनराइज बैँकले झापाको बुद्घशान्ति गाउँपालिका ६, शान्तिनगर, गौँडामा शाखारहित बैँकिङ सेवाको सुरुवात गरेको छ । बैँकले गौँडाको शाखारहित बैँकिङ सेवाको प्रतिनिधिमा सुनिल बस्नेतलार्ई नियुक्त गरेको छ ।
शाखारहित इकाइ उद्घाटन कार्यक्रममा बुद्घशान्ति गाउँपालिका ६ का सदस्य लेखनाथ निरौला, सनराइज बैँक प्रदेश १ प्रमुख विवेक निरौला, बुधबारे शाखाका प्रबन्धक तेजबहादुर थापामगर, बैँकका कर्मचारीलगायतको उपस्थिति थियो ।
बैँकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शखा कार्यालय नभएको स्थानबाट शाखारहित बैँकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैँकले जनाएको छ । त्यस्तै ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सक्नेछन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैँकिङ पहुँच पु-याउने उद्देश्यका साथ बैँकिङ सेवा सुरु गरेको बैँकले जनाएको छ ।
देशभर सनराइज बैँकले १३९ वटा शाखा, ५६ वटा शाखारहित बैँकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साथै, बैँकले अन्य स्थानमा पनि चाँडै शाखा सञ्जाल विस्तार गर्दै लैजाने जानकारी गराएको छ ।
प्रकाशित समय ११:५१ बजे

















