गृहपृष्ठ पाथीभरा मन्दिर क्षेत्रको डढेलो नियन्त्रणमा
पाथीभरा मन्दिर क्षेत्रको डढेलो नियन्त्रणमा
पाथीभरा मन्दिर क्षेत्रमा लागेको डढेलो ।
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको डढेलो ६ दिनपछि पूर्ण नियन्त्रणभित्र आएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले बताएका छन् ।
आगो पूर्ण रुपमा निभिनसके पनि अब आगो जंगलभन्दा बाहिर फैलिएर नजाने र कुनै क्षति नपु¥याउने उनले बताएका । उनले भने, ‘जंगलभित्रका सुकेका रुखहरुमा आगो लागेको कारण पूर्ण रुपमा निभ्न समय लाग्छ । केही दिनभित्रै जंगलभित्रका रुखहरुमा बलिरहेको आगो निभ्नेछ ।’
डढेलो लागेको क्षेत्रभित्र पानीको अभाव, भिरालो र सुख्खा जमिन भएका कारण आगो नियन्त्रणमा ल्याउन ढिलाई भएको उनको भनाइ छ । ५ दिनसम्म आगो नियन्त्रणमा ल्याउन नसकेपछि बुधबारबाट हेलिकप्टरबाट पानी खन्याएर आगो नियन्त्रणमा ल्याउन प्रयास गरिएको उनले बताए । त्यसअघि स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणको लागि जुटेका थिए ।
डढेलोका कारण रुख लगायतका महत्वपूर्ण वनस्पति, दुर्लभ वन्यजन्तु जलेर नष्ट भएको प्रजिअ चापागाईंले जानकारी दिए । ‘धुपी, सल्ला, गुराँस, हात्तीपाइले, पालुङगोजस्ता रुख वनस्पति र रेडपाण्डा लगयातका साना जीवजन्तु पनि जलेर नष्ट भएका छन्,’ उनले भने । गोठाला जानेहरुले आगो लगाएको हुनसक्ने अनुमान गरिएको प्रजिअ चापागाईंले बताए ।
प्रकाशित समय १९:०७ बजे

















