गृहपृष्ठ ‘निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने विषयमा छलफल भइरहेको छ’

‘निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने विषयमा छलफल भइरहेको छ’

कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिने सरकारले तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा सरकारले छलफल गरिरहेको बताएका छन् ।

ग्रेगोरियन नयाँ वर्षको अवसरमा बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम जनतामा सहज पहुँचको लागि निजी क्षेत्रलाई समेत कोरोनाविरुद्धको खोप ल्याउनका लागि अनुमति दिने विषयमा छलफल भएको बताए । प्रधानमन्त्री ओलीले नेपालमा सबैभन्दा पहिले फ्रन्टलाइनमा खटिएका स्वास्थ्य क्षेत्रका व्यक्ति, सुरक्षाकर्मीहरु र वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिइने बताए ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु