गृहपृष्ठ सीआईबीको नक्कली कागजात बनाउने गिरोह पक्राउ
सीआईबीको नक्कली कागजात बनाउने गिरोह पक्राउ
केन्द्रीइ अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली परिचयलगायतका सरकारी कागजात किर्ते गर्ने गिरोह जनकपुरबाट पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका ९ स्थित सिटी प्यालेस गेस्ट हाउस एन्ड फ्यामिली रेस्टुरेन्टबाट बिहीबार साँझ सरकारी कागज दस्तखत छाप किर्ते गरी नक्कली कागजात तयार गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको नक्कली परिचयपत्र, लोगोसहितको कागजात किर्ते गर्दै आएको गिरोहलाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सीआईबीको नक्कली परिचयपत्र, नक्कली पेस्तोल, स्ट्याम्प, बैँकका चेक, प्रहरीको ब्याचलगायतका समानसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको विहार अररिया फबिसगन्ज घर भई विराटनगर उपमहानगरपालिका १ बस्ने २७ वर्षीय समिर साह, महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने २१ वर्षीय आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने ३० वर्षीय चन्दन साह र वडा नम्बर २ बस्ने ५० वर्षीय रामचन्द्र साह छन् ।
प्रकाशित समय ०६:५२ बजे

















