गृहपृष्ठ कंगोमा २५ नागरिकको हत्या

कंगोमा २५ नागरिकको हत्या

democratic republic of congo

लोकतान्त्रिक गणतन्त्र कंगोमा २५ सर्वसाधारणको हत्या भएको छ । तिङवेमा भएको घटनामा हत्या भएका उनीहरूको जिम्मेवारी भने कसैले नलिएको सरकारी अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग जनाएका छन् ।

आक्रमणको आरोप एडीएफ नामको लडाकु समूहलाई लगाइएको छ । सो समूहले पनि औपचारिक जिम्मेवारी लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्छ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दाबी गरेका छन् । सर्वसाधारण मानिस नयाँ वर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक/एक गरेर हत्या गरेको अधिकारकर्मीहरूको दाबी छ ।

कंगोमा सन् १९९० को दशकदेखि युगान्डा मुस्लिम विद्रोही समूहको रुपमा क्रियाशील छ । यिनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भइरहेको छ ।

प्रकाशित समय ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु