गृहपृष्ठ संसद विघटनविरुद्ध १०१ लेखक‑साहित्यकारबाट खेद व्यक्त

संसद विघटनविरुद्ध १०१ लेखक‑साहित्यकारबाट खेद व्यक्त

samsad-bhawan2-newskarobar

रूपन्देहीका १०१ लेखक‑साहित्यकारले संसद विघटन संविधानमाथिको कुठाराघात भन्दै खेद व्यक्त गरेका छन् । लेखक-साहित्यकारहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षाविपरीत रहेको उल्लेख छ ।

समाधानका अनेक बाटाहरू हुँदाहुँदै बहुमतको सरकारले प्रतिनिधि सभा विघटन गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धिमाथिको कुठाराघात भन्दै उनीहरुले गम्भीर खेद प्रकट गरेका छन् । राजनीतिक समस्याको संवैधानिक निरूपण गरिनुपर्नेमा दलभित्रको विवादलाई लिएर प्रतिनिधि सभा नै विघटन गर्नु अनुचित कदम भएको उनीहरुको ठहर छ ।

‘राजनीतिक उतारचढावका कारण सिर्जित समस्याहरूलाई संविधानको दायरामा रहेर नै समाधान गर्न सकिन्छ । त्यसरी मात्र लोकतन्त्र र गणतन्त्रको रक्षा हुन सक्दछ । जनताको अथक संघर्षले हासिल भएका उपलब्धिहरू संस्थागत हुन सक्दछन् । हामी राजनीतिक दलका नेताहरूलाई वचन तथा कर्ममा संयम अपनाइ गम्भीर र सचेत रहन अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेहरुमा प्राज्ञ बुँद राना, विजय सागर, प्रा. ऋषिराम भुसाल, ऋषि आजाद, रामचन्द्र श्रेष्ठ, दीपक विश्वकर्मा, कृष्ण गाउँलेलगायत छन् ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु