गृहपृष्ठ मर्निङ वाकमा ननिस्कनू, कलकारखाना बन्द गर्नू : स्वास्थ्य मन्त्रालय

मर्निङ वाकमा ननिस्कनू, कलकारखाना बन्द गर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा नस्किन सबैलाई आग्रह गरेको छ । यसअघि वातावरण विभागले पनि अत्यावश्यक कामबाहेक साँझ र बिहान घरबाहिर ननिस्कन आग्रह गरेको थियो ।

प्रदूषणका कारण कोभिड संक्रमणमा असर नपरे पनि दुवैले एउटै अंगमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार प्रदुषित वायुले छाती, फोक्सो लगायतका अंगमा असर पुर्‍याउँछ ।  ‘अकास्मात वायु प्रदूषण उच्च भएको हो । यस्तो बेला केही समय मर्निङ वाकमा निस्कनु हुँदैन,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘आगो नबाल्ने, गाडी कम चलाउने र एक दुई दिन उद्योग कलकारखाना बन्द गर्नुपर्ने स्थिति आएको छ ।’ पानी परेमा, हावा लागेमा वा राम्रोसँग घाम लागेमा प्रदूषण कम हुने उनको भनाइ छ ।

वायु प्रदुषणपछि काठमाडाैंको सडक ।

रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ । अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषण सूचकांक न्यूनतम् ३ सय ५९ छ भने अधिकतम् ४ सय ८ छ । एक्यूआईमा ३ सय १ भन्दा माथिको संख्या देखिनु भनेको उच्च जोखिमको संकेत हो ।

प्रकाशित समय ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु