गृहपृष्ठ संवैधानिक इजलासबाट अलग भए न्यायाधीश कार्की
संवैधानिक इजलासबाट अलग भए न्यायाधीश कार्की
संसद विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ भइहेको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की अलग भएका छन् । बुधबार सुनुवाइका क्रममा कानुन व्यवसायीहरूले विरोध गरेपछि न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानुनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा न्यायाधीश कार्कीको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएका थिए । न्यायाधीश कार्की इजलासमा हुँदा स्वार्थ बाझिने कानुन व्यवसायीहरूको तर्क थियो । उनीहरूले बृहत इजलास गठन गर्न मागसमेत गरेका थिए । अर्को सुनुवाइ आगामी बुधबार हुनेछ ।
प्रकाशित समय १५:४३ बजे

















