गृहपृष्ठ ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउने ७ जना पक्राउ

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउने ७ जना पक्राउ

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको सभामा पुगेका सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले शुक्रबार धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय आमसभा आयोजना गरेको थियो ।

सभामा प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सभास्थल पुगेका थिए । उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु