गृहपृष्ठ काठमाडौंको भद्रकालीमा बस दुर्घटना

काठमाडौंको भद्रकालीमा बस दुर्घटना

काठमाडौँको भद्रकालीमा बस दुर्घटना भएको छ । रत्नपार्क‑भद्रकाली खण्डको आकासेपुलनजिकै बा. ३ ख ४४३७ नम्बरको चन्द्रागिरि यातायातको बस बिहान ८ बजेतिर दुर्घटना भएको हो ।

बसमा तीन जना सवार रहेकोमा चालक र एक बच्चा घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर हरेको बताइएको छ । बस दुर्घटनाको कारण नखुले पनि अनियन्त्रित ढंगले गुडाएका कारण पल्टिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित समय ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु