गृहपृष्ठ संसद विघटनसम्बन्धी मुद्दा : पूर्ण इजलासको माग अस्वीकार, माघ ४ देखि निरन्तर सुनुवाई

संसद विघटनसम्बन्धी मुद्दा : पूर्ण इजलासको माग अस्वीकार, माघ ४ देखि निरन्तर सुनुवाई

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको निरुपण संवैधानिक इजलासबाटै हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहितको संवैधानिक इजलासले शुक्रबार सो मुद्दा बृहत पूर्ण इजालसमा लैजानु नपर्ने आदेश दिएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाई बृहत पूर्ण इजलासबाट हुनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो ।

‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३)बमोजिम गम्भिर संवैधानिक ब्याख्याको प्रश्न समावेश देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन,’ आदेशमा भनिएको छ । अब प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटको सुनुवाई संवैधानिक इजलासले संयुक्त रुपमा गर्नेछ।

प्रधानन्यायाधिश जबरासहित पाँच जना न्यायाधिशको संवैधानिक इजलासले आइतबारदेखि सो मुद्दामा निरन्तर सुनुवाई हुने जनाएको छ । संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र बस्दै आएको थियो ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु