गृहपृष्ठ प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । शुक्रबार रिट निवेदकका तर्फबाट आठजना कानुन व्यवसायीले बहस गरेपछि सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत आइतबारदेखि रिटउपर बहस जारी छ । शुक्रबार रिट निवेदकसमेत रहेका अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले बहस गरेका थिए । निवेदकका तर्फबाट तीन सयभन्दा कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएका छन् ।
प्रकाशित समय १५:५३ बजे

















