गृहपृष्ठ रेड पाण्डाको छालासहित ३ जना पक्राउ

रेड पाण्डाको छालासहित ३ जना पक्राउ

कोहलपुर नगरपालिका- १२, चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छालासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका- १० बस्ने ४० वर्षीय दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका- ११ बस्ने ४२ वर्षीय धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका- ४ बस्ने ३३ वर्षीय भरत बहादुर पुन रहेका छन् ।

उक्त होटलमा लोपउन्मुख वन्यजन्तु रेड पाण्डाको छालाको अवैध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको उक्त छालासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु