गृहपृष्ठ म्यानमारमा लोकतान्त्रिक र संवैधानिक प्रक्रिया पुनःस्थापना हुने नेपालको विश्वास
म्यानमारमा लोकतान्त्रिक र संवैधानिक प्रक्रिया पुनःस्थापना हुने नेपालको विश्वास
सरकारले म्यानमारमा छिट्टै लोकतान्त्रिक र संवैधानिक प्रक्रिया पुनःस्थापना हुने विश्वास व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी म्यानमारमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षले म्यानमारका जनताको चाहनालाई सम्मान गर्ने विश्वास व्यक्त गरेको हो ।
राष्ट्रपति विन मिन्ट र राज्य सल्लाहकार आङसान सु कीसहित पक्राउ परेका नेताहरुको सुरक्षा एवं सकुशलताप्रति नेपाल सरकार उत्तिकै चिन्तित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारको उनीहरूको तत्काल रिहाइका लागि पनि आह्वान गरेको छ ।
प्रकाशित समय ०७:०४ बजे

















