गृहपृष्ठ सिमभञ्ज्याङमा थुप्रियो हिउँ, हेटौँडा-काठमाडौँ यातायात अवरुद्ध

सिमभञ्ज्याङमा थुप्रियो हिउँ, हेटौँडा-काठमाडौँ यातायात अवरुद्ध

त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा-काठमाडौँ सीधा यातायात सेवा अवरुद्ध भएको छ । पालुङ इलाका प्रहरी कार्यालयका अनुसार सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए । अहिले वागमती प्रदेशको राजधानी हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् । अहिले सिमभञ्ज्याङमा घाम लागिरहेकाले चाँडै हिउँ पग्लिने र सडक खुल्ने पालुङ प्रहरीको अनुमान छ ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु