गृहपृष्ठ कोरोनाबाट २४ घण्टामा ११ हजारको मृत्यु
कोरोनाबाट २४ घण्टामा ११ हजारको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट बितेका २४ घण्टामा करिब ११ हजार मानिसको मृत्यु भएको छ । कोरोनाबाट २४ घण्टामा १० हजार ९९९ मानिसको मृत्यु भएको हो । यो अवधिमा ४ लाख २१ हजार ५७५ संक्रमित थपिएका छन् ।
अमेरिकामा मात्रै २ हजार ७३० जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा कोरोनाबाट ज्यान जानेको संख्या ४ लाख ७३ हजार ५२८ पुगेको छ । अमेरिकामा कुल संक्रमित संख्या २ करोड ७५ लाख १९ हजार ६३६ पुगेको छ भने १ करोड ७२ लाख ६८ हजार ५१७ जना निको भएका छन् ।
त्यस्तै ब्राजिलमा २ लाख ३१ हजार ६९ जनाको मृत्यु भएको छ । ब्राजिलमा २४ घण्टामा ९४२ मृतक थपिएका छन् । कुल संक्रमित संख्या ब्राजिलमा ९४ लाख ९७ हजार नाघेको छ ।
भारत कोरोनाबाट बढी संक्रमित दोस्रो मुलुक हो । मृतक संख्या ब्राजिल र मेक्सिकोमा भन्दा कम भए पनि भारतमा १ करोड ८ लाख २७ हजार संक्रमित फेलापरेका छन् । हालसम्म भारतमा १ लाख ५५ हजार २८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । यो विगतका तुलनामा निकै कम हो । मेक्सिकोमा कोरोनाबाट १ लाख ६४ हजारको मृत्यु भएको छ ।
नेपालमा हालसम्म २ लाख ७१ हजार ८०६ जनाको संक्रमित भेटिएकोमा २ हजार ३५ जनाको मृत्यु भएको छ भने २ लाख ६७ हजार ८१२ जना निको भएर घर फर्किसकेका छन् । बितेका २४ घण्टामा ९९ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विश्वभर हालसम्म १० करोड ६३ लाख २९ हजार मानिस कोरोना संक्रमित भएका छन् । तीमध्ये ७ करोड ७९ लाख ७० हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने २३ लाख १८ हजार ९४९ मानिसको मृत्यु भएको छ ।
कोरोना संक्रमितमध्ये २ करोड ५९ लाख ३६ हजार मानिसको अवस्था सामान्य छ भने १ लाख ४ हजार ४०८ जना सिकिस्त छन् ।
प्रकाशित समय ०८:०७ बजे

















