गृहपृष्ठ प्रतिनिधिसभा विघटन मुद्दाको बहस यही महिनाभित्र सक्नुपर्छ : प्रधानन्यायाधीश राणा

प्रतिनिधिसभा विघटन मुद्दाको बहस यही महिनाभित्र सक्नुपर्छ : प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटन मुद्दामा सबै पक्षको बहस यसै महिनाभित्र सकिनुपर्ने बताएका छन् । आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा  प्रधानन्यायाधीश राणाले आफूहरुलाई पनि समय चाहिने भन्दै बहसको समय छोट्याउन कानुन व्यवसायीहरूलाई आग्रह गरे ।

उक्त मुद्दामा आइतबार सरकारी वकिलको बहस सकिएको छ । अझै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र एमिकस क्युरीका वकिलको बहस र रिट निवेदकका वकिलको जवाफी बहस बाँकी छ । आइतबार प्रधानमन्त्री ओलीका निजी वकिल रमेश बडालले बहस गरेका थिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसलगत्तै संसद विघटन संविधानविपरित भन्दै सर्वोच्च अदालतमा दर्जन बढी मुद्दा दायर भएका थिए । सोही मुद्दाउपर सर्वोच्चको संवैधानिक इजलासमा पुस २१ गतेदेखि निरन्तर सुनुवाइ जारी छ ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु