गृहपृष्ठ २२५१ पीसीआर परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि, २६० जना डिस्चार्ज
२२५१ पीसीआर परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि, २६० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ हजार २५१ पीसीआर परीक्षण गर्दा थप १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३६ जना महिला र ८३ जना पुरूष छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ ।
आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आइतबार २ सय ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।
हाल देशभर १ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ८ सय १५ जना आइसोलेसनमा र ९२ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय १६:५० बजे