गृहपृष्ठ सभामुखको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सभामुखको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति संविधानविपरीत भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सो रिटको न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा आइतबार सुनुवाइ भएको थियो ।

उक्त रिटमा न्यायाधीश ढुंगानाले विपक्षीका नाममा अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेका छन्  । संवैधानिक निकायमा गरिएको नियुक्तिहरु खारेजीको माग गर्दै सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मुख्यसचिव र नियुक्ति पाएकाहरु समेत गरी ३९ जनाविरुद्ध शुक्रबार रिट निवेदन दिएका थिए ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु