गृहपृष्ठ अनलाइनमा चिठ्ठा परेको भन्दै ठगी गर्ने युवक पक्राउ

अनलाइनमा चिठ्ठा परेको भन्दै ठगी गर्ने युवक पक्राउ

झापामा अनलाइनमा चिठ्ठा परेको भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विक रहेका छन् ।

उनलाई अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंको सूचनाको आधारमा
पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका २ चारपानेबाट पक्राउ उनी प्रकाउ परेका हुन् । उनको साथबाट नगद ३ लाख ५६ हजार ७१० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकता, घरबाट नगद २ लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई ग्वालीको गोवरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३०५ रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु