गृहपृष्ठ ‘भागरथी हत्या प्रकरण’बारे प्रदेशसभामा चर्चा : सरकार गम्भीर नभएको आरोप

‘भागरथी हत्या प्रकरण’बारे प्रदेशसभामा चर्चा : सरकार गम्भीर नभएको आरोप

सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी हत्या प्रकरणले प्रवेश पाएको छ । ६ महिना बित्नै लाग्दा सोमबार आह्वान गरिएको प्रदेश सभाको सातौँ अधिवेशनको प्रथम बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले सो घटनालाई सरकारले गम्भीरताका साथ नलिएको भन्दै आक्रोश व्यक्त गरे ।

गत बुधबार विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका- ७ की भागरथी भट्ट बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ । बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य लिलाधर भट्टले बैठकको सुरुमै बोल्दै घटनाको अनुसन्धान तथा छानबिनप्रति प्रदेश सरकारले ध्यान नदिएको भन्दै विरोध जनाए । घटनाको ६ दिन बित्दासमेत प्रदेश सरकारको प्रतिनिधिहरु घटनास्थल पुग्न नसक्नुका साथै विज्ञप्ति निकाल्नसमेत नसकेको उनले बताए ।

बैठकको विशेष समयमा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भागरथी प्रकरणको अनुसन्धान नितान्त केन्द्र सरकारमा निहीत देखिएको बताए । नेपाली कांग्रेसको संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि घटना घटेको ६ दिन बित्दा समेत घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद भएको बताए । निर्मला पन्त प्रकरणजस्तै हाल भागरथी प्रकरणमा पनि सरकार चुकिरहेको भन्दै उनले सुदूरपश्चिम प्रदेश नै बलात्कारीहरुले दिनप्रति प्रश्रय पाउने स्थान जस्तै बनेको आक्रोश पोखे । प्रदेश सरकार तथा संघीय सरकार हाल सभा-समारोहमै व्यस्त भएको रावलको आरोप थियो ।

जनता समाजवादी पार्टीका संसदीय दलको नेता कृष्णबहादुर चौधरीले पनि घटनामा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउनुपर्ने माग गरे ।

प्रकाशित समय १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु