गृहपृष्ठ भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

बैतडीको दोगडाकेदार गाउँपालिका ७ मा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टले पुष्टि गरेको छ ।

जिल्ला अस्पताल बैतडीमा भएको पोष्टमार्टम रिपोर्टबाट भट्टको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले भागरथीको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि गरेका हुन् । उनका अनुसार घाँटी निमोठेको र अन्य केही भित्री चोटहरु पनि छन् । घटनाबारे थप अनुसन्धान भइरहेको सुवेदीले बताए ।

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथीको बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लबलेक सामुदायिक वनमा हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित समय १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु