गृहपृष्ठ पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय
पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले पहिलो चरणमा ४० र दोस्रो चरणमा बाँकी ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव हुने भएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । संसद विघटनको निर्णयलगत्तै दुई खेममा विभाजित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताको विवाद पनि टुंगो लाग्न सकेको छैन ।
प्रकाशित समय ११:२० बजे