गृहपृष्ठ एकैदिन १५ सय रूपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १५ सय रूपैयाँ बढ्यो सुनको मूल्य
सोमबार २ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने १ हजार ५ सय रूपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलाको मूल्य ९१ हजार ९ सय रूपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य २५ रूपैयाँ बढेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय ११:१७ बजे

















