गृहपृष्ठ युनियनमा आवद्ध ७० जना पत्रकारको दुर्घटना बिमा

युनियनमा आवद्ध ७० जना पत्रकारको दुर्घटना बिमा

नेपाल प्रेस युनियनमा आबद्ध ७० जना पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरिएको छ । एसियन लाइफ ईन्स्योरेन्स दिपायलको समन्वय प्रेस युनियन डोटीले जिल्लाका ७० जना पत्रकारको बिमा गरेको हो । प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमका अनुसार पत्रकारको एक लाख रुपैयाँको बिमा गरिएको हो ।

‘एसियन लाइफ इन्स्योरेन्स कम्पनीको समन्वयमा युनियनमा आवद्ध सबै पत्रकारको दुर्घटना बिमा गरेका हौं ।’ उनले भने । इन्स्योरेन्स दिपायलका शाखा प्रबन्धक नवराज पण्डितले समाज सेवामा खटेका पत्रकारले ज्यानको बाजी राखेर समाज रूपान्तरणका लागि भूमिका खेल्ने पत्रकारको सम्मान स्वरूप बिमा गरेको बताए । शाखाले ५० जना तथा प्रेस युनियन डोटीले २० जना गरी ७० जनाको दुर्घटना बिमा गरिएको हो ।

प्रकाशित समय १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु