गृहपृष्ठ एलआईसी नेपालको नाफा ५० प्रतिशत बढ्यो

एलआईसी नेपालको नाफा ५० प्रतिशत बढ्यो

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.९२ प्रतिशत अर्थात् १ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको त्यही अवधिमा कम्पनीले ७ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, पुनर्बिमा कमिशनबापत ७८ लाख ३७ हजार रुपैयाँ र बिमालेख धितोमा १३ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेर ७३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि ५०.५३ प्रतिशतले बढेर ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड ४० लाख, जीवन बिमा कोषमा ७४ अर्ब २४ करोड ४९ लाख र महाविपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।कुल ७ लाख ६ हजार ८७९ वटा बिमालेख कायम रहेको इन्स्योरेन्सले ९ अर्ब ६१ करोड १७ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ८ हजार ८९० वटा दाबीबापत ४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २२ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५१ पैसा, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात १२८.४९ गुणा छ ।

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु