गृहपृष्ठ भागरथी-निर्मलाका हत्यामा संलग्न अपराधीलाई पानीमा गए पनि छाडिन्न : प्रधानमन्त्री

भागरथी-निर्मलाका हत्यामा संलग्न अपराधीलाई पानीमा गए पनि छाडिन्न : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अपराधीहरुलाई पानी मूनि गए पनि छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा-ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको भन्दै निर्मला र भागरथीको हत्यामा संलग्न अपराधी जति ठूलै शक्तिशाली भए पक्राउ गर्ने बताएका हुन् ।

‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मूनि गए पनि छोडिने छैन,’ उनले अघि भने, ‘विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।’ उनले केही दिन अपाराधीहरु भागे पनि केही समयमै कानुनको कठघरामा आउने बताए । ‘२/४ दिन भाग्लान, एक वर्ष उम्किएलान् । एक वर्ष थर्कमानको जिन्दगी बिताएपनि सजाय घट्ने बाला छैन । पुराकापुरा सजाय गरेर छोड्ने छौं ।’ उनले भने ।

प्रकाशित समय २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु