गृहपृष्ठ सपना रोकामगरले दिइन् विनयजंगविरुद्ध उजुरी
सपना रोकामगरले दिइन् विनयजंगविरुद्ध उजुरी

बीबीसीको ‘१०० प्रभावशाली महिला’को सूचीमा परेकी सपना रोकामगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । जाहेरीमा सपनाले आफ्नो मानमर्दन तथा बेइज्जत भएको उल्लेख गरेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।
विनयले सपनाको बारेमा अश्लील सामग्री सार्वजनिक गर्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए । उजुरी परेसँगै प्रहरीले विनयलाई पक्राउ गर्ने तयारीका साथ उनको खोजी सुरु गरेको एसपी बस्नेतले बताएका छन् ।
संसारकै १०० प्रभावशाली महिलाको सूचीमा चयन भएको केही समयपछि सपना र बस्नेतबीच विवाद सुरू भएको थियो । उनीहरुले सँगै काम गरुन्जेल एक-अर्कालाई बाबु-छोरीको रुपमा रहेको बताउँथे । अहिले उनीहरु छुट्टा-छुट्टै समूहमा काम गर्न थालेका छन् ।
प्रकाशित समय १२:५५ बजे