गृहपृष्ठ मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-८ स्थित बागमती खोला किनारमा सोही महानगरपालिका-७ मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु