गृहपृष्ठ काठमाडौँ सुनचाँदी व्यवसायी संघद्वारा रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

काठमाडौँ सुनचाँदी व्यवसायी संघद्वारा रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

काठमाडौँ सुनचाँदी व्यवसायी संघले आयोजना गरेको रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । संघले स्थापना दिवसको अवसर पारेर शनिबार कार्यालय भवन परिसर क्षेत्रपाटीमा गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा चिरायु हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा ५० जनाजतिले स्वास्थ्य परीक्षण गराएको संघका सदस्य एवं जनसम्पर्क अधिकारी रमेशमान शाक्यले जानकारी दिए ।

कार्यक्रममा रक्तदाता, स्वास्थ्य शिविरमा सहभागी एवं उपस्थित सबैलाई अस्पतालले मास्क निःशुल्क वितरण गरेको थियो । करिब ३ सयजतिलाई मास्क वितरण गरिएको संघले जनाएको छ ।

संघका उपाध्यक्ष मुक्तिरत्न बज्राचार्यको संयोजकत्वमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)लगायतको पनि उपस्थिति थियो ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु