गृहपृष्ठ भागरथी हत्या प्रकरण : अनुसन्धान निष्कर्षतर्फ केन्द्रित

भागरथी हत्या प्रकरण : अनुसन्धान निष्कर्षतर्फ केन्द्रित

भागरथी हत्या प्रकरणको अनुसन्धान निष्कर्षतर्फ केन्द्रित भएको प्रहरीले जनाएको छ । धेरै व्यक्तिसँग सोधपुछ भइसकेको र अब अनुसन्धान निष्कर्षकेन्द्रित हुँदै गएको प्रहरीको दाबी छ ।

मृतक भट्टसँग कुनै न कुनै किसिमले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नजिकिएका व्यक्ति र सम्भावित सबैलाई निगरानीमै राखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेशकुमार सिंहले बताए । उनका अनुसार अब प्रहरी छिट्टै नै अनुसन्धानको अन्तिम निष्कर्षमा पुग्नेछ । ‘सोधपुछपश्चात केही संदिग्धलाई हामीले विशेष रुपले अन्य माध्यम र तथ्यबाट घटनामा संलग्न छ,छैनन् भन्ने कुरा भेरीफाई गरिरहेका छौँ । त्यसकारण अब आउने हप्ता हामी यो घटनाको निचोडमा पुग्छौँ,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार भागरथी वेपत्ता भएको दिन घटनास्थल आसपासमा देखा परेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले प्रहरीलाई बयानसमेत दिइसकेका छन् । उक्त बयानका आधारमा तथ्य निकालिँदै छ ।

विद्यालयबाट फर्किने क्रममा वेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको शव स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो । पीडितको न्यायका लागि बैतडीसहित सुदूरपश्चिमका ९ वटै जिल्ला र संघीय राजधानी काठमाडौँमा दैनिकजसो प्रर्दशन भइरहेका छन् । घटनाको अनुसन्धानका लागि एसएसपी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली १० दिनदेखि घटनास्थलमा छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख  डीआइजी उत्तमराज सुवेदी पनि ७ दिनदेखि खोचलेकमै छन् ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु