गृहपृष्ठ महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंककोे बिहीबार बसेको सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।

विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ अनुभव रहेको छ । केन्द्रिय बैंकको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रित हुने लम्सालले बताए ।

 

प्रकाशित समय १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु