गृहपृष्ठ थप १०४ जनामा कोरोना पुष्टि, १३१ संक्रमित डिस्चार्ज

थप १०४ जनामा कोरोना पुष्टि, १३१ संक्रमित डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ पीसीआर परीक्षण गर्दा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएकामध्ये काठमाडौँ उपत्यकामा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ ।  देशभर १ हजार ६ सय ४ सक्रिय संक्रमित रहेका छन् । हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसीयू तथा १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार आइतबार १३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट २ हजार ५४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु