गृहपृष्ठ खानेपानी, सरसफाई र स्वच्छता पद्धतिको सबलीकरणसम्बन्धी वेबिनार हुँदै

खानेपानी, सरसफाई र स्वच्छता पद्धतिको सबलीकरणसम्बन्धी वेबिनार हुँदै

नेपालका नगरपालिकाहरुमा खानेपानी, सरसफाई र स्वच्छतासम्बन्धी वर्तमान नीति र कार्यक्रमहरुको समीक्षा गर्दै आगामी दिनमा यस क्षेत्रको सेवा प्रवाहको स्तर सुधार्नको लागि स्मार्ट वास सोलुसन्सको आयोजनामा फागुन २ गते सोमबार एक वेबिनारको आयोजना हुने भएको छ ।

खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाका विज्ञहरुको प्रस्तुति रहने यस वेबिनारमा नेपालका नगरपालिकाका प्रमुख उपप्रमुख र खानेपानी तथा सरसफाई र स्वच्छता हेर्ने प्राविधिकहरुको सहभागिता रहने बताइएको छ । स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले खानेपानी, सरसफाई तथा स्वच्छतालाइ उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने शिक्षा विगत एक वर्षदेखि विश्वमा फैलिरहेको कोरोनाभाइरसको महामारीले दिएकोले नेपालका नगरपालिकाहरुलाई आफ्ना क्षेत्रमा यी सेवा भरपर्दो तवरले नागरिकहरुलाई प्रदान गर्न सक्षम बनाउन यो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

कार्यक्रममा नगरपालिकाहरुले हाल लिएका नीति र त्यसलाई कार्यान्वयन गर्न आरम्भ गरिएका कार्यक्रमको समीक्षा गरी तिनमा देखिएका कमीकमजोरी सुधार्ने, आईपरेका चुनौती तथा समस्याका बारेमा छलफल गरेर समाधानका उपायहरु सुझाइने छ । खानेपानी तथा ढल निकास निकास विभाग, नेपाल नगरपालिका संघ, परिवर्तनका मुद्दाहरु (एजेण्डा फर चेञ्ज)का नेपालका सदस्यहरु हेल्भेटास,वाटर एड, केयर तथा वेल्थुङजेरहाइलफ संस्थाको सहयोगमा हुन लागेको यस कार्यक्रममा खानेपानीको स्रोत संरक्षण तथा संकलन, प्रशोधन, उपयोग तथा पुनर्उपयोगका नवीनतम् प्रविधि, ढल निकाससम्बन्धी सरसफाईका प्रविधि र स्वच्छ नगर अभियानका सम्बन्धमा छलफल हुने बताइएको छ ।

स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले वेबिनारको बारेमा बोल्दै आफ्ना वासिन्दाहरुलाई पर्याप्त शुद्ध खानेपानीको सुविधा पुर्‍याउने, नगरमा ढल र नालीको बस्दोबस्त गर्ने र त्यहाँ आउने फोहर ढललाई प्रशोधन गरी पानीको पुन:उपयोग गर्ने तथा लेदाको व्यवस्थापन गर्ने, नगरमा स्वच्छता कायम गर्ने कार्य स्थानीय सरकारको उच्च प्राथमिकतामा रहेकोले यस कार्यक्रममा सहभागी हुन सबै नगरपालिकाका मेयर,उपमेयर तथा विभागीय प्रमुखहरुलाई आह्वान गरिएको छ ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव सुनिलकुमार दासले सरकारको नीति र निर्देशिकाका बारेमा मुख्य प्रस्तुति दिनेछन् भने नगरपालिका संघका तर्फबाट अध्यक्ष अशोक ब्याञ्जुले नगरपालिकाहरुमा खानेपानी,सरसफाई र स्वच्छता नीति र कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै युनिसेफका वास स्पेसलिष्ट दधिराम विश्वकर्माले वासको योजना तयारी र आगामी दिशाका बारेमा, खानेपानी तथा ढल व्यवस्थापन विभागका वरिष्ठ विभागीय इञ्जिनियर डा. रजित ओझाले एनवास एप्सको प्रयोग र वासको योजना तर्जुमा प्रक्रियाका मुद्दा, चुनौती र आगामी दिशाका बारेमा, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी र इच्छामनकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुडले वास योजनाको अनुभव र उपलब्धिका बारेमा प्रकाश पार्ने बताइएको छ ।

कार्यक्रममा स्मार्ट वासका प्रमुख कार्यकारी अधिकृत ई. हरिप्रशाद शर्माले वासको योजना तर्जुमा प्रकृयाको कमीकमजोरी पहिचान र आगामी दिशाका बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ भने पूर्वसचिव ई. सुमन शर्माले समग्र कार्यपत्रमाथि टिप्पणी गर्ने तय भएको छ । पर्याप्त शुद्ध खानेपानीको सुविधा पुर्याउने, नगरमा ढल र नालीको बस्दोबस्त गर्ने र त्यहाँ आउने फोहर ढललाई प्रशोधन गरी पानीको पुनउपयोग गर्ने तथा लेदाको व्यवस्थापन गर्ने, नगरमा स्वच्छता कायम गर्ने कार्य स्थानीय सरकारको उच्च प्राथमिकतामा रहेकोले यस कार्यक्रममा सहभागी हुन सबै नगरपालिकाका मेयर,उपमेयर तथा विभागीय प्रमुखहरुलाई आह्वान गरेका छन् ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव सुनिलकुमार दासले सरकारको नीति र निर्देशिकाका बारेमा मुख्य प्रस्तुति दिनेछन् भने नगरपालिका संघका तर्फबाट अध्यक्ष अशोक ब्याञ्जुले नगरपालिकाहरुमा खानेपानी,सरसफाई र स्वच्छता नीति र कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै युनिसेफका वास स्पेसलिष्ट दधिराम विश्वकर्माले वासको योजना तयारी र आगामी दिशाका बारेमा, खानेपानी तथा ढल व्यवस्थापन विभागका वरिष्ठ विभागीय इञ्जिनियर डा. रजित ओझाले एनवास एप्सको प्रयोग र वासको योजना तर्जुमा प्रक्रियाका मुद्दा, चुनौती र आगामी दिशाका बारेमा, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी र इच्छामनकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले वास योजनाको अनुभव र उपलब्धिका बारेमा प्रकाश पार्ने बताइएको छ ।

कार्यक्रममा स्मार्ट वासका प्रमुख कार्यकारी अधिकृत ई. हरिप्रशाद शर्माले वासको योजना तर्जुमा प्रक्रियाको कमीकमजोरी पहिचान र आगामी दिशाका बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ भने पूर्वसचिव ई. सुमन शर्माले समग्र कार्यपत्रमाथि टिप्पणी गर्ने बताइएको छ ।

प्रकाशित समय १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु