गृहपृष्ठ टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

Print

विश्वव्यापी रुपमा प्रतिष्ठित दुई पांग्रे र तीन पांग्रे गाडी निर्माताले मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्करण सार्वजनिक गरेका हुन् । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टीभीएस एनटर्क सुरु गरेको हो । जुन आइकोनिक मार्भल हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्ट स्कुटर हो । सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक र कम्ब्याट ब्लुमा उपलब्ध छन् ।

‘टीभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजिकल र हामी मार्भल युनिभर्सप्रति एक मजबुत आकर्षण भएका नयाँ जेनेरेशनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुसी खोज्न चाहान्छौँ,’ टीभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने । उनले टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण ब्लबस्टर बन्ने विश्वास व्यक्त गरे ।

त्यस्तै जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जेएमपीएलमा नेपालमा रहेका ग्राहकहरुको लागि सबैभन्दा नविन र उत्कृष्ट उत्पादनहरु ल्याउने प्रतिबद्वता जनाए । सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए स्पष्ट रुपमा फ्रन्ट प्यानल, लेग सिल्ड र स्पीडोमिटर मुनि राखिएको छ । नयाँ टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सर्वाधिक बिक्री र रुचार्ईएको स्कुटर हो ।

प्रकाशित समय १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु