गृहपृष्ठ वाणिज्य विभागका नायब सुब्बा घुस रकमसहित पक्राउ

वाणिज्य विभागका नायब सुब्बा घुस रकमसहित पक्राउ

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबहादुर दाहाललाई ८ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नियन्त्रणमा लिएको छ ।

नायब सुब्बा चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाणपत्र लिनको लागि लेखापढी दाहालसँग भेटेर कर्मचारीसँग अतिरिक्त रकम माग गरिरहेको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । दाहालले उक्त ८ हजार रकम सेवाग्राहीबाट लिई चन्दलाई दिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता रिसालको भनाइ छ । उनीहरुलाई वाणिज्य विभागको परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु