गृहपृष्ठ सुनको मूल्य दुई सय रुपैयाँ बढ्यो

सुनको मूल्य दुई सय रुपैयाँ बढ्यो

मंगलबार सुनको मूल्य दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार दुई सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु