गृहपृष्ठ उपेन्द्रको सम्झनामा अस्पतालको नाम परिवर्तन

उपेन्द्रको सम्झनामा अस्पतालको नाम परिवर्तन

डा. उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पताल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्सको नाम परिवर्तन गरिएको छ । डा. देवकोटाको सम्झनामा अस्पतालको नाम परिवर्तन गरी उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्स राखिएको हो ।

पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार निधन भएको थियो । डा. देवकोटा वीर अस्पतालको न्युरोलोजिकल ट्रमा युनिटका संस्थापक पनि हुन् । डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा न्युरो अस्पताल सञ्‍चालनमा आएको थियो ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु