गृहपृष्ठ यस्तो छ आजको मौसम र नारायणगढ-मुग्लिन सडकको अवस्था
यस्तो छ आजको मौसम र नारायणगढ-मुग्लिन सडकको अवस्था

अाइतबार रातिबाट पुनः सक्रिय भएको बर्षात् दिनभर नै सक्रिय रहने भएको छ । गत शनिबार र आइतबार सामान्यतया मौसम सफा रहेपनि आइतबार रातिबाट मौसम बदली भइ अधिकांस स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
‘आज दिउँसो देशको मध्य र पश्चिमी क्षेत्रका केहि स्थानमा भारी वर्षाको सम्भावना छ,’ माहाशाखाका मौसमविज्ञ राजु प्रधानाङ्गले न्युज कारोवारसँग भने, ‘रातिको समयमा पनि देशभरिनै बदली भइ अधिकांस स्थानमा हल्कादेखि मध्यम खालको वर्षाका साथै पूर्व र पश्चिमका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।’ यो प्रकृतिको मौसम आगामी ३ दिनसम्म रहने महाशाखाको दाबी छ ।
नारायणगढ–मुग्लीन सडकखण्डको अवस्था
स्तरोन्नतिको चरणमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड बर्षासँगै पहिरोका कारण अबरुद्ध हुने गरेको छ । गत हप्ता भारी बर्षाका कारण यस सडक खण्डको आधा दर्जन स्थानमा साना ठूला पहिरो खसेर सडक एक दिन पूरै अबरुद्ध भएको थियो । अहिले भने यस सडकखण्ड बिना कुनै अवरोध संचालनमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक शुसीलसिंह राठौरले बताए । आइतबार रातिको बर्षाले कुनै असर नगरेको उनको भनाइ छ । यस सडकखण्डमा निर्माणका चरणमा भत्काइएका पहाडका ढिस्कोहरु बर्षापछि गलेर सडकमा खस्ने र यातायात अबरुद्ध हुने गरेको छ ।
प्रकाशित समय ०८:३६ बजे