गृहपृष्ठ संसदमा आज : जरुरी सार्वजनिक महत्त्वकाे प्रस्तावमाथि छलफल !
संसदमा आज : जरुरी सार्वजनिक महत्त्वकाे प्रस्तावमाथि छलफल !
फाइल तस्बिर
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सोमबार छलफल हुने भएको छ । डा. गोविन्द केसीको अनशनसम्बन्धी प्रस्तावमाथि सोमबारको संसद बैठकमा छलफल गर्ने सम्भावित कार्यसूचि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले चिकित्सा शिक्षा अध्यादेशका मूल भावनाअनुरूप विधेयक तत्काल ल्याई अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचार गरी जीवनरक्षा गरियोस् भन्दै शुक्रबार उक्त प्रस्ताव दर्ता गरेका थिए । चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई निष्तेज पार्न तथा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले जारी गरेको अध्यादेशअनुसार विधेयक ल्याउनुपर्ने कांग्रेसको माग छ ।
प्रकाशित समय ०८:२५ बजे
















