गृहपृष्ठ किरिया बस्न लागेका बेला महेन्द्र जिउँदै रहेको खबर आएपछि…

किरिया बस्न लागेका बेला महेन्द्र जिउँदै रहेको खबर आएपछि…

दाङमा मृत्यु भएको भनी अन्तिम संस्कारको तयारी भइरहेका एक व्यक्ति जिउँदै रहेको उनका आफन्तले खबर पाएका छन् । घरबाट हराएका महेन्द्रप्रसाद चौधरीको मृत्यु भएको आशंका उनका आफन्तले गरेका थिए । उनीहरुको यो आशंकालाई बलियो पारेको थियो, नजिकैको जंगलमा भेटिएको बेवारिसे शवले । महेन्द्र हराएका केही दिनपछि सडेको अवस्थामा भेटिएको उक्त शमलाई महेन्द्रका आफन्तले महेन्द्र भनेर बुझेका थिए ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४४ वर्षे चौधरी कालिका सामुदायिक वनमा मृत फेला परेको भन्दै आफन्तले शव बुझे र अन्तिम संस्कारको तयारी थालेका थिए । तर, महेन्द्र भारतमा रहेका सूचना उनीहरुले पाए । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार आइतबार लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सूचना पाएपछि लगत्तै मृत भनिएका महेन्द्रलाई उनका दाइ इन्द्रप्रसाद चौधरीले भारतको इटुवाबाट सकुशल घर ल्याएका छन् ।

प्रकाशित समय ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु