गृहपृष्ठ नेपाल मेडिसिटी र नेपाल नेसनल हस्पिटलबीच सम्झौता

नेपाल मेडिसिटी र नेपाल नेसनल हस्पिटलबीच सम्झौता

mediciti-newskarobar

नेपाल मेडिसिटी र नेपाल नेसनल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र नेसनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार दुवै अस्पतालले एक–अर्काको सेवासुविधालाई बिरामीको उपचारमा सफलतापूर्वक उपयोग गर्नेछन् । हस्ताक्षरपछि नेपाल नेसनल अस्पतालले थप एवं विशेष उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य गर्ने मेडिकल निर्देशक डा. पौड्यालले जानकारी दिए ।

ललितपुरको भैंसेपाटिमा रहेको नेपाल मेडिसिटी अस्पताल नेपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पताल हो । पूर्णकालीन चिकित्सक रहेको अस्पतालमा ७ सय ५० शय्याका लागि पुग्ने पूर्वाधार छ ।

प्रकाशित समय १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु