गृहपृष्ठ एनआईसी एशिया बैंकको २ नयाँ शाखा डडेल्धुरा र डोटीमा

एनआईसी एशिया बैंकको २ नयाँ शाखा डडेल्धुरा र डोटीमा

एनआईसी एसिया बैंकले डडेल्धुरा र डोटीमा नयाँ शाखा खोलेको छ । बैंकले डडेल्धुराको अमरगढी र डोटीको दिपायल सिलगढीमा शाखा विस्तार गरेको हो । विस्तारित दुवै शाखा मंगलबारदेखि सञ्चालमा आएका छन् ।

डडेल्धुरा शाखाको उद्घाटन अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा र डोटीको शाखाको उद्घाटन दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले गरे ।
यससँगै बैंकका शाखा संख्या २ सय २५ पुगेका छन् । बैंकका २ सय १८ एटिएम, १४ एक्सटेन्सन काउन्टर र ११ शाखारहित बैंकिङ छन् ।

 

प्रकाशित समय १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु