गृहपृष्ठ राउन्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

राउन्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

राउन्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र राउन्ड टेबलका अध्यक्ष जयन्त अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै ४ सय ५० भन्दा बढी युवा एवं पुरुष सदस्य रहेको राउन्ट टेबल नेपालका सदस्य र सदस्यका परिवारलाई मेडिसिटीले उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

देशभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको मेडिसिटीका लागि यो सम्झौताले विशेष भूमिका खेल्ने अस्पतालका महाप्रबन्धक विजय रिमालले विश्वास व्यक्त गरे । त्यस्तै, राउन्ड टेबलका अध्यक्ष अग्रवालले उपत्यकाबाहिर रहेका मानिसलाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा प्रदान गराउन आफूले पनि साथ दिने बताए ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु