गृहपृष्ठ उपत्यकामा दिउँसो ट्रिप्पर चलाउन प्रतिबन्ध
उपत्यकामा दिउँसो ट्रिप्पर चलाउन प्रतिबन्ध

सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसो ट्रिप्पर चलाउन प्रतिबन्ध लगाएको छ । ट्रिप्परका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले राति ८ बजेपछि मात्र ट्रिप्पर चलाउने दिने निर्णय गरेको हो ।
गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन सर्कुलर गरिसकेको छ । अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिप्पर सञ्चालन हुनेछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार असारमा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका छन्, जसमध्ये ४० वटा दुर्घटना ट्रिप्परका कारण भएका छन् ।
प्रकाशित समय १८:३० बजे