गृहपृष्ठ रिक्सा चालकको शंकास्पद मृत्यु, छानबिन गर्न आफन्तको माग

रिक्सा चालकको शंकास्पद मृत्यु, छानबिन गर्न आफन्तको माग

काठमाडौमा एक रिक्सा चालकको शंकस्पद  मृत्यु भएको छ । काभ्रे चौँरी देउराली गाउँपालिका वडा नम्बर ३ का लालबहादुर तामाङको शंकास्पद तरिकाले मृत्यु भएको हो । गत असार २२ गते हराएका तामाङको शव साउन ४ गते टिचिङ हस्पिटलमा भेटिएको थियो ।

आफन्तले खोजी गरेपछि उनको शव टिचिङ हस्पिटलको बेवारिसे शव राख्ने ठाउँमा भेटिएको थियो ।शव पोस्टमार्टम गर्दा उनको टाउकामा गम्भिर चोट देखिएकाले मृत्यु नभइ हत्या भएको आशंका गरिएको छ । उनको आफन्तले घटनाबारे छानबिन गर्न माग गरेका छन् ।

मृत्यु नभइ हत्या भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न लालबहादुरका भन्जा प्रेम लामाले माग गरे । प्रहरीले घटनाको विषमा छानबिन गर्न चासो नदिएको उनले आरोप लगाए । असार २३ गते प्रहरीले मृत अवस्थामा कमल पोखरीबाट लालबहादुरलाई टिचिङ हस्पिटल पु-याएको थियो ।

प्रकाशित समय १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु