गृहपृष्ठ आज म एउटा कथा खोल्छु भन्दै यस्तो बोलेका थिए कानुनमन्त्रीले ?

आज म एउटा कथा खोल्छु भन्दै यस्तो बोलेका थिए कानुनमन्त्रीले ?

डाक्टरको सर्टिफिकेटका लागि मैले सुनेको छु, हाम्रा चेलीले आफूलाई बेच्नुपर्छ

sher-bahadur-tamang-

कानुनमन्त्री शेरबहादुर तामाङले काठमाडौंमा एसईई उतीर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । आखिर के भनेका थिए कानुनमन्त्री तामाङले, जुन अभिव्यक्तिलाई उनको पद जाने अवस्था सिर्जना भयो ?

आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक छ कथा । उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू ।

हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले ती सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा हामी प्लेटकार्ड बोकेर बाहिर निस्कन्छौँ, पाउँदैन । हामी नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, हुँदैन ।

के भन्या यो, के गर्न खोजेको यो मुलुकलाई ? त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरी धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् । हरियो पासपोर्ट बोकेर अरबमा काम गर्न जाने होइन । हामी रातो पासपोर्ट बोकेर डाक्टरहरू विश्वभरी काम गर्न जाने हुन सक्यौँ भने पैसाको कमी हुन्छ र यो मुलुकमा ? तर, हामी मान्छेलाई पढाएका छैनाैँ। अनि हरियो पासपोर्ट जिम्मा लाउँदै अरबमा काम गर्न पठाएका छौँ ।

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु