गृहपृष्ठ टिमुरेमा पहिरोको वितण्डा (फोटोकथा)

टिमुरेमा पहिरोको वितण्डा (फोटोकथा)

घाइतेमध्ये तीनकाे अवस्था गम्भीर

http://newskarobar.com/wp-content/uploads/2018/07/2.jpg

रसुवाको टिमुरबोटेमा गएराति खसेको पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ । तीमध्ये सिन्धुपाल्चोक साविकको भोटेकोशी गाविस– ४ का भ्यान चालक श्याम तामाङको परिचय खुलेको छ भने अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

पहिरोमा फँसेका चार जनाको उद्धार गरिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ भने एक जना सामान्य रहेको बताइएको छ । अझै १० जना बेपत्ता रहेका स्थानीय प्रहरीले जानकारी दिएको छ । उनीहरु गएरातिदेखि नै हराइरहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा पर्ने पासाङल्हामू राजमार्गको टिमुरेस्थित वस्तीमा गएराति १२ बजे पहिरो खसेको थियो । टिमुरेमा रहेको होटलसहित टहराहरु पहिराले पुरिएको प्रत्यक्षदर्शी जीवन श्रेष्ठले न्युज कारोबारलाई बताए ।

पहिरोमा ५ वटा कण्टेनर पनि पुरिएका छन् । स्थानीय होटल व्यवसायीदेखि चालक तथा सहचालकहरु पहिरोमा पुरिएको आशंका गरिएको छ । रसुवा नाकातिर सामान लिन जाँदै गरेका भ्यान कन्टेनरहरु टिमुरेमा पुगेर बास बस्ने ठाउँ रहेको व्यवसायी दिनेश श्रेष्ठले बताए ।

बस्तीदेखि करिब १ सय ५० मिटर उचाइबाट खसेको पहिरोले सडक समेत अबरुद्ध बनाएको छ । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दा खटिएका छन् । पहिरोमा परी केही पशु चौपाया पनि मरेका छन् । अहिले उद्धार कार्य जारी रहेकाले क्षेतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरी नायव उपरीक्षक श्याम तामाङले बताए ।

rasuwa pahiro-newskarobarrasuwa pahiro-newskarobarrasuwa pahiro-newskarobarrasuwa pahiro-newskarobar

rasuwa pahiro-newskarobar

प्रकाशित समय ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु